काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साताको मध्यतिर देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाको भनाइ छ। साताको सुरु र अन्त्यतिर देशका अधिकांश स्थानहरूमा मौसम सामान्यतया सफा हुने सम्भावना रहेको छ ।
देशका अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रममा हल्का गिरावट आउने सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने र घाम लाग्दै गएपछि बिस्तारै कम हुँदै जाने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ मंसिर २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : विभिन्न भूभागमा वर्षाको सम्भावना