काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको सम्झिए । तर अहिले कालो बादल मडारिन खोजेको भन्दै उनले भने, ‘प्रतिगमी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’
नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले राजतन्त्र फर्काउने दुस्साहस नगर्न आग्रह गरे । उनले अघि भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ मंसिर २०७८, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी बनाउने आँट छ, मुद्दाकै कारण बिदा गरे स्वीकार्छु: माधव नेपाल
एमालेमा अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन: माधव नेपाल
विचार मिल्नेसँग एकता गरेर जान्छौं: माधव नेपाल
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल