काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका हुन् ।
आफ्नो उम्मेदवारीको सम्बन्धमा परामर्श भइरहेको उल्लेख गर्दै उनले दृढताका साथ अगाडी बढेको पनि बताए । उनले भने, ‘सेवा क्षेत्र हो यो मेवा खाने क्षेत्र होइन भन्नु मुद्धालाई अगाडी बढाएर पार्टीलाई साच्चैँ प्रजातान्त्रिक पार्टीका रुपमा आउँदा दिनहरुमा सबै चुनौतीहरु सामना गर्नसक्ने पार्टीको रुपमा बनाउनको लागि मैले पार्टी सभापतिको उम्मेदवारमा परामर्श अहिलेसम्म भइरहेको छ । तर म दृढ भएर अगाडी बढिरहेको कुरा सबैलाई भन्न चाहान्छु ।’
नेता सिंहले काठमाडौं महानगरपालिका वडा नं। १० बानेश्वर स्थित छक्कु बक्कु पार्कमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गरेका थिए । उनले भट्टराईले दिएको सिद्धान्त र आदर्शको राजनीतिको सन्देशलाई सबै राजनीतिक दलका नेताहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले भने,‘हामी सबैले उहाँको सरलता, पद भनेको स्थायी होइन । पदलाई धेरै महत्व पनि दिनुहुँदैन र राजनीति गर्दाखेरी सिद्धान्त र आदर्शको राजनीति गर्नुपर्छ है, शक्तिको राजनीति मात्रै गरेर हुँदैन भन्ने शन्देश उहाँले दिनुभएको कुरा आजका सबै राजनीतिक पार्टीका नेताहरुले यसलाई स्मरण गर्दाखेरी आउँदा दिनहरु अझ राम्रो हुन्छ भन्ने मलाई लागेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह