पुबुदुलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गर्ने क्यानको तयारी

सफल खबर संवाददाता

विहीबार, २३ मंसिर २०७८, १२ : ०४
पुबुदुलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गर्ने क्यानको तयारी

काठमडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई नियुक्त गर्ने तयारी गरेको छ ।

सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षक रहेका पुबुदुलाई क्यानले फेरि नियुक्ति गर्न लागेको हो । ओमान भ्रमणका क्रममा डेभ वाट्मोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन भएको थियो ।

क्यानका एक शीर्ष अधिकारीका अनुसार पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी भएको छ । नेपाली टोलीको प्रशिक्षकमा ६० जनाले आवेदन दिएका थिए । क्यानले ६० बाट पहिलो चरणमा १५ जनालाई छान्यो । छानिएका १५ मध्येबाट पाँच प्रशिक्षक छनोट गर्दै अन्तर्वार्ता लिइएको थियो ।

उनी सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षक थिए । त्यसपछि उनले अमेरिकी क्रिकेट टिम सम्हाले । पुबुदु प्रशिक्षक भएकै समयमा नेपालले सन् २०१४ मा आईसीसी ट्वान्टी-२० विश्वकप खेलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस