लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ घाइते

सफल खबर संवाददाता

विहीबार, २३ मंसिर २०७८, ११ : ५७
लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ घाइते

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी -२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ । साथै अर्का एक स्थानीयको पनि मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।

तर मर्तक तीनै जनाको पहिचान भएको छैन । लमजुङ जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण बहादुर कार्कीले अहिले घाइतेको उद्वारका लागि घटनास्थलतर्फ जाँदै गरेको बताए । साथै खुदीको प्रहरी चौकीबाट प्रहरी खटाएको उनले बताए ।

प्रहरीका अनुसार उक्त जिप मर्स्याङ्दीको स्थानीय कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै थियो ।अहिले स्थानीयहरूले घाइतेहरूको उद्वार गरी अस्पतालतर्फ पठाउँदै गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस