काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी -२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ । साथै अर्का एक स्थानीयको पनि मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।
तर मर्तक तीनै जनाको पहिचान भएको छैन । लमजुङ जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण बहादुर कार्कीले अहिले घाइतेको उद्वारका लागि घटनास्थलतर्फ जाँदै गरेको बताए । साथै खुदीको प्रहरी चौकीबाट प्रहरी खटाएको उनले बताए ।
प्रहरीका अनुसार उक्त जिप मर्स्याङ्दीको स्थानीय कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै थियो ।अहिले स्थानीयहरूले घाइतेहरूको उद्वार गरी अस्पतालतर्फ पठाउँदै गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
बागलुङमा जिप दुर्घटना, सात जना घाइते
डोटीमा जिप दुर्घटना, ४ जना घाइते
बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु, ६ जना घाइते
ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु