१५ नर्सिङ कलेजको भर्ना रोकियो

पत्रपत्रिकाबाट

विहीबार, २३ मंसिर २०७८, ०७ : ४८
१५ नर्सिङ कलेजको भर्ना रोकियो

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८र०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ ।

चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले तत्काल भर्ना नलिन परिषद्लाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा हिजो बुधबार सीटीईभीटीले सार्वजनिक सूचना जारी गरी विद्यार्थी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।
 

प्रतिक्रिया दिनुहोस