सुदूरपश्चिम : थप छ जनामा कोरोना सङ्क्रमण

रासस

बुधबार, २२ मंसिर २०७८, २० : ५२
सुदूरपश्चिम : थप छ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा बुधबार थप  छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ७६० जनाको नमूना परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

आरटी पीसीआरमार्फत चार र एन्टीजेन विधिमार्फत दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार र एन्टीजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण देखिएको हो ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि मङ्गलबार यस प्रदेशमा चारमा सङ्क्रमण पुष्टि हुँदा  चार जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१० जनाको ज्यान गइसकेको छ । 

प्रतिक्रिया दिनुहोस