काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैले सभापतिमा दबी नछाड्ने हो भने आफू राजनीतिबाट अलग हुने बताएका छन् ।
बुधबार नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा साझा उम्मेदवार चयनका लागि बसेको संस्थापन इतकरको बैठकमा सभापतिका आकांक्षी सबैले अडान कायम राखेपछि वरिष्ठ नेता पौडेलले आफू राजनीतिबाट अलगिएर आराम गर्ने बताए ।
पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको भएपनि नेताहरु शेखर कोइराला तथा प्रकाशमान सिंहले दाबी नछाडेपछि पौडेलले यस्तो बताएको बैठकपछि नेता रामशरण महतले जानकारी दिए ।
नेता पौडेलले अरु सबै एक भए आफू त्याग गर्न तयार रहेको बताउँदै नभए आफूलाई सभापति छाड्नु पर्ने बताएका थिए। 'रामचन्द्रजीले पनि मलाई सहयोग गर्नुस् भन्नुभयो। प्रकाशमानजीले पनि म पनि लड्छु भन्नुभएको छ। शेखरजी पनि लड्ने भन्नुभएको छ' बैठकपछि महतले भने ।
पौडेलले सबै लड्ने भए आफू राजनीतिबाट बिदा बताएको महतले उल्लेख गरे । 'सबै लड्ने भए म राजनीतिबाट बिदा हुन्छु, आराम गर्छु। पार्टीबाटै अलग हुन्छु’, बैठकमा पौडेलको भनाइ उदृत गर्दै महतले भने ।
संस्थापन इतरबाट आज सभापतिको साझा उम्मेदवार चयन गर्ने भनिएको भए पनि नेताहरुबीच सहमति जुट्न नसक्दा पुन: भोलि विहान आकांक्षी बाहेकको बैठक बस्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ मंसिर २०७८, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आतंकवादको विरोधमा हुने कारबाही जायज: कांग्रेस
राजेन्द्र लिङ्देनको भनाइमा कांग्रेसको आपत्ति
प्रधानमन्त्रीले कार्यशैली बदल्नुपर्छ: पूर्णबहादुर खड्का
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान