कोरोना अपडेट: थप २८० जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २२ मंसिर २०७८, १६ : २८
कोरोना अपडेट: थप २८० जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९१६८ र एन्टिजेन विधिबाट ३००६  जनामा परिक्षण गर्दा २८० जनामा कोरोना संक्रमण देखिएको हो । 

यस्तै, आज थप ३६६ जना कोरोना संक्रमण मुक्त भएका छन् । निको हुने दर ९७.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५५७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २३९ रहेको छ ।