मोदी जस्तै देखिने रामचन्द्रन अब फिल्म खेल्दै

आइतबार, १६ बैशाख २०७५, १४ : ०१
मोदी जस्तै देखिने रामचन्द्रन अब फिल्म खेल्दै

भारतको केरलमा बस्ने एमपी रामचन्द्रन गत वर्ष एकाएक चर्चामा आएका थिए । पायनूर रेलवे स्टेशनमा रेल कुरिरहेका उनको तस्बिर एकाएक भाइरल भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजस्तै देखिने उनले चाँडै नै फिल्म खेल्ने भएपछि पुनः चर्चामा छाएका छन् । नोटबन्दीमाथि बन्न लागेको फिल्म स्टेटमेन्ट ८/११ मा उनी मोदीको भूमिकामा देखिने भएका छन् ।
फर्स्टपोष्टका अनुसार उक्त फिल्ममा रामचन्द्रनको तीन/चार वटा सीन भएको बताइएको छ । तीमध्ये एउटा नोटबन्दीको घोषणाको हुनेछ ।

स्टेटमेन्ट ८/११ एक कन्नड फिल्म हो जसलाई अप्पी प्रसादले निर्देशन गरिरकेका छन् । स्मरण रहोस्, कर्नाटकमा विधानसभाको चुनाव नजिकिँदो छ । यस्तोमा यदि यो फिल्म चुनाव अगावै रिलिज भए त्यसले नोटबन्दीको विषयमा विपक्षी पार्टीलाई एकपटक पुनः मुद्दा बनाउने मौका हुनेछ ।

प्रतिक्रिया दिनुहोस