काठमाडौं । अनुपम फुडल्यान्डमा बसेको कांग्रेस संस्थापन इतर समूहको छलफल सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको छ ।
बुधबार बिहानदेखि दिउँसो १ बजेसम्म भएको छलफलमा पौडेल समूहका जिल्ला सभापति र केन्द्रीय सदस्यहरूले एउटै उम्मेदवार तय गर्न र नेताहरूलाई मिलेर जान सुझाव दिएका थिए ।
छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला उपस्थित थिए । पछि पौडेल बाहिरिएका थिए । छलफलमा प्रकाशमान सिंह र शेखर कोइराला भने सहभागी थिएनन् । तर, सो भेलाले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेन ।
अब चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा दिउँसो पौडेल, सिंह, शशांक र शेखरबीच छलफल हुने भएको छ । सो छलफललाई फाइनल भनिएको छ । यदि प्रकाशमान र शेखर नमिलेमा पौडेलले सभापतिमा उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ मंसिर २०७८, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस