काठमाडौं । अनुपम फुडल्यान्डमा बसेको कांग्रेस संस्थापन इतर समूहको छलफल सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको छ ।
बुधबार बिहानदेखि दिउँसो १ बजेसम्म भएको छलफलमा पौडेल समूहका जिल्ला सभापति र केन्द्रीय सदस्यहरूले एउटै उम्मेदवार तय गर्न र नेताहरूलाई मिलेर जान सुझाव दिएका थिए ।
छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला उपस्थित थिए । पछि पौडेल बाहिरिएका थिए । छलफलमा प्रकाशमान सिंह र शेखर कोइराला भने सहभागी थिएनन् । तर, सो भेलाले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेन ।
अब चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा दिउँसो पौडेल, सिंह, शशांक र शेखरबीच छलफल हुने भएको छ । सो छलफललाई फाइनल भनिएको छ । यदि प्रकाशमान र शेखर नमिलेमा पौडेलले सभापतिमा उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ मंसिर २०७८, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा मन्त्री अधिकारीको ३२ लाख घुसको अडिओबारे छानबिन गर्न माग
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने