पाल्पा । पाल्पाको निस्दी गाउँपालिका– ७ मा भएको टिप्पर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सर्दीबाट भुटुके जाँदै गरेको प्र २–०–३००१ ख ४६६९ नं को खाली टिप्पर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख ३६१ नं को टिप्परको बीचमा टाउको च्यापिदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले बताए ।
पाल्पाको रामपुर ५ बेझाडमा ट्र्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही इसरापुरका जय किसान चौधरीका छोरी मुन्न चौधरी रहेको बताइएको छ ।
हाईड्रोलिक पाइप मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा घाइते भएकोमा उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २२ मंसिर २०७८, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते
काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते
झापामा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
अभ्यासका क्रममा मलेसियन आर्मीका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते