काठमाडौं । अस्ट्रेलियामा हुने तय भएको आइसीसी टी-२० पुरुष विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ। ओमानमा तय विश्वकपको ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् ।
समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । खेल सन् २०२२ को १५ देखि २५ फेब्रुअरीसम्म आयोजना हुनेछ । जिम्बाम्वेमा हुने तय भएको समूह ‘बी’ मा जिम्बाबेसहित हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवान्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । यो समूहका ८ देखि १८ जुलाईसम्म हुनेछ ।
ग्लोबल छनोटबाट दुवै समूहका शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । आयोजक अस्ट्रेलिया, साबिक विजेता न्युजिल्यान्ड, उपविजेता पाकिस्तान, इंग्ल्यान्ड, भारत,, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेशले भने विश्वकपको सुपर १२ मा स्थान बनाइसकेका छन् ।
वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्यान्डले भने विश्वकपमा स्थान बनाउन ग्लोबल छनोटबाट आएका चार टोलीसँग खेल्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ मंसिर २०७८, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज ३ समूहका यी ३ खेल हुँदै