डुकुछापमा डिश होमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

सफल खबर संवाददाता

मंगलबार, २१ मंसिर २०७८, १३ : ५५
डुकुछापमा डिश होमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

काठमाडौं । डीटिएच सेवा दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलिपोर्ट बाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्टस्थापना गरेको हो । 

]अब कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको हो ।

छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको स्याटेलाइट टेलिपोर्ट सम्म पु¥याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्दछ ।  

प्रतिक्रिया दिनुहोस