जुम मिटिङमार्फत जसले एकै पटक गरे ९०० कर्मचारी पदमुक्त

एजेन्सी

मंगलबार, २१ मंसिर २०७८, १२ : २३
जुम मिटिङमार्फत जसले एकै पटक गरे ९०० कर्मचारी पदमुक्त

एजेन्सी । भारतीय मूलका एक अमेरिकी मालिकले जुम वैठकमार्फत एकैपटक ९०० कर्मचारीलाई पदमुक्त गरेका छन् । धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका सीइअ‌ो विशाल गर्गले जुम मिटिङमार्फत ९०० कर्मचारी पदमुक्त गरेका हुन् ।

क्रिसमस अ‌ाउनु केही दिनअघि उनले गरेको निर्णयलाई धेरैले क्रुर र स्वचेछाचारी भनेका छन् । कर्मचारीको कार्यसम्पादन चित्तबुझ्दो नभएको र बजारमा देखिएको परिवर्तनका कारण अ‌ाफू कठोर निर्णयमा पुगेको गर्गले बताएका छन् । कर्मचारीले दिनमा दुई घण्टा काम गरेर आठ घण्टाभन्दा बढी काम गरेको दाबी गरेको त्यो सबैका लागि अनुत्पादक बनेको उनले बताएका छन् ।

अ‌ाफ्नो निर्णयबाट अ‌ाफै दुखी भएको उनले बताएका छन् । 'पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ,’ जुम मिटिङमा गर्गले भनेका छन् । गर्गले कर्मचारी बरखास्त गरेको फर्चुन म्यागेजिनले पुष्टि गरेको छ । यसअघि बेटर डटकमले ७५ करोड अमेरिकी डलर मुनाफा गरेको विवरण सार्वजनिक भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस