आधा घटाइयो वर्माकी नेतृ सुकीको सजाय

एजेन्सी

मंगलबार, २१ मंसिर २०७८, ०८ : ३३
आधा घटाइयो वर्माकी नेतृ सुकीको सजाय

एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएको छ । म्यानमारको अदालतले सुकीमाथिको सजाय अ‌ाधा घटाएको हो । यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो ।

उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्ल‌ंघन गरेको अभियोग लगाइएको छ । यसबाहेक उनीविरुद्ध ११ अ‌ारोप लगाइएको छ । सुकीले अ‌ाफूमाथि लगाइएका सबै अ‌ारोप अस्वीकार गर्दै अ‌ाएकी छिन् । 

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले अ‌ारोप लगाउँदै अ‌ाएको छ । सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अ‌ारोपमा मुद्दा लगाउँदै अ‌ाएको थियो । 

प्रतिक्रिया दिनुहोस