मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु गरिएको छ । हेटौँडामा आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साँझ साढे पाँच बजे सम्पन्न भएपछि आवश्यक प्रक्रिया पुरा गरेर ७ बजेदेखि मतगणना सुरु गरिएको हो । निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा २०२५ मत खसेको छ ।
शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी कटाउन नसकेपछि पुनः मतदान भएको थियो । पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूहबाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए ।
पहिलो चरणमा तेस्रो भएका प्रधानले पहिलो भएका बानियाँलाई दोस्रो चरणमा साथ दिएका छन् । प्रधानको साथ पाएपछि आफू जित्नेमा बानियाँ पक्ष विश्वस्त छ । यता पौडेल समूहले भने सिटौला टीमको केही भोट र काठमाडौं र नुवाकोटबाट पहिलो चरणमा गुमेको मत दोस्रो चरणमा पाएर जित्ने दावी गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ मंसिर २०७८, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !