आइपिएल : चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै मुम्बई इण्डियन्स विजयी

आइतबार, १६ बैशाख २०७५, ०८ : २२
आइपिएल : चेन्नई सुपर किंग्सलाई  ८ विकेटले हराउँदै मुम्बई इण्डियन्स विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले शीर्ष स्थानको चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा मुम्बईले चेन्नईलाई ८ विकेटले हराएको हो ।

पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा चेन्नईले दिएको १७० रनको लक्ष्य मुम्बईले १९ ओभर  ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा कप्तान रोहित शर्माले अविजित ५६ रनको योगदान दिए । यस्तै इभिन लेवीसले ४७, सूर्यकुमार यादवले ४४  तथा हार्दिक पाण्डयले अविजित १३ रन जोडे ।चेन्नईका हरबजन सिंह र ड्यानी ब्राभोले १ – १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १६९ रन जोडेको थियो । चेन्नईको लागि सुरेश रैनाले अविजित ७२ रन जोडे । त्यस्तै अम्बाती रायडुले ४६ तथा कप्तान महेन्द्र सिंह धोनीले २६ रन जोडे । मुम्बईका हार्दिक पाण्डय र मिचेल म्याकक्लेनघमले समान २ – २ विकेट लिए ।

यो जितसँगै मुम्बईले लिगमा दोस्रो जित निकालेको छ । जितसँगै ७ खेलबाट ४ अंक जोडेको मुम्बई छैटौं स्थानमा उक्लिएको छ । पराजित चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ । चेन्नईले ७ खेलबाट १० अंक जोडेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस