काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेका लागि तय भएको मतदान भर्खर सुरु भएको भएको हो ।
निर्वाचनमा अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्दनको उम्मेदवारी परेको छ । एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित सदस्यका लागि उम्मेदवारी परेको छ ।
साँझ ५ बजेसम्म मतदान हुने मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको राप्रपाले जनाएको छ ।
८६ वटा मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । एकजनालाई मतदान गर्न करिब १५ मिनेट लाग्ने अनुमान छ । मतदान सकिएपछि गणना हुनेछ । मतगणनाका लागि करिब दुई घण्टा लाग्ने राप्रपाले जनाएको छ ।
अध्यक्षका लागि थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । थापालाई नेता पशुपतिशमशेर राणा र लिङ्देनलाई नेता प्रकाशचन्द्र लोहनीको साथ छ । उपाध्यक्षमा विक्रम पाण्डे दुवै समूहमा परेका छन् ।महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ मंसिर २०७८, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार
रास्वपा र राप्रपाले आज पनि गरे बैठक बहिष्कार
भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारीसम्म संलग्न छन्: राप्रपा
असार मसान्तसम्म रुपन्देही-३ बाट सम्भावित उम्मेदवारको नाम पठाउन राप्रपाको निर्देशन
उपनिर्वाचन उम्मेदवार चयनबारे छलफल गर्दै राप्रपा
गृहमन्त्री बाठो हुनुहुँदो रहेछ, आफू र कमाइ जाेगाउन समिति बनाउनुभएछ: सांसद कार्की