चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन जिल्ला राजनीतिको केन्द्र बन्न पुगेको बताएका छन् । नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले केही दिनअघि एमालेको १० औं महाधिवेशनमा सहभागी हुन आएकाहरुले चितवनको विकास र महत्व बुझेर गएको पनि प्रचण्डले टिप्पणी गरे ।
‘हुँदाहुँदा अब त राजनीतिको केन्द्र पनि चितवन भएको छ’, प्रचण्डले भने, ‘केही दिनअगाडि यहाँ मेलाजस्तैगरी मान्छे भेला भएर नारायणी के हो, चितवन के हो, यहाँको भौतिक पूर्वाधार के हो देखेर जाने त एउटा कुरा भयो ।
चितवनमा विकास त भएको रहेछ भन्ने कुरा उपस्थित भएका मान्छेहरुले देखेर गए नै । त्यसको साथै चितवन जिल्लाको राजनीतिक महत्व के हो भन्ने कुरा पनि थापित गरेर गएको लाग्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ मंसिर २०७८, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड