काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् ।
२५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।
यसैगरी, सेबोनको पाइपलाइनमा रहेका ६ वटा कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६ सय रुपैयाँबराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन् । अनुमति मागेका कम्पनीहरूमा दुईवटा बिमा, दुईवटा हाइड्रोपावर, दुईवटा फाइनान्स र एउटा विकास बैंकको हकप्रद रहेका छन् ।
आईपीओको तयारीमा रहेका २५ वटा कम्पनीमध्ये ६ वटा लघुवित्त वित्तीय संस्था, दुईवटा इन्स्योरेन्स कम्पनी, १५ वटा हाइड्रोपावर कम्पनी र दुई अन्य समूहका कम्पनी रहेका छन् । अन्य समूहका कम्पनीमा इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्क छन् ।
नेपाल धितोपत्र बोर्डका अनुसार २५ वटा कम्पनीमध्ये सबैभन्दा बढी ग्रिन भेन्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । सो कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । राजधानी दैनिक मा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ मंसिर २०७८, ०६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड
स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट