काठमाडौँ । नेपाली कांग्रेस मोरङको जिल्ला सदस्यमा वीरेन्द्रकुमार शाह अत्यधिक मत ल्याएर विजयी भएका छन् । सबैभन्दा कान्छा उम्मेदवार २४ वर्षीय शाह अत्यधिक १३१२ मत ल्याएर विजयी भएका हुन् ।
समाजसेवासँगै राजनीतिमा होमिएका शाहलाई केही नेताहरूले बच्चै छस् भन्दै उम्मेदवारी नहाल्न भनिएको थियो । तर, राजनीतिमा लागेर केही गर्ने चाहाना बोकेका शाहले ‘आसपास’ शैलीमा लुकेर उम्मेदवारी दिएका थिए ।
शाहले जितसँगै खुसी प्रकट गर्दै भने, 'मेरो अझै धेरै सामाजिक उत्तरदायित्व बढेको छ । पदको सही सदुपयोग गर्दै अझै धेरै संगठन निर्माणको काम गर्नेछु । उम्मेदवारी दिँदा मैले प्रस्ताव र समर्थकसमेत भेटेको थिइन ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ मंसिर २०७८, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल