काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विक्रम पाण्डे राजेन्द्र लिङ्देन समूहमा खुलेका छन् । राप्रपा महाधिवेशनमा पूर्वमन्त्री पाण्डेलाई कमल थापा र लिङ्देन दुवै समूहले आफ्नो प्यानलमा राखेका थिए ।
तर, पाण्डे लिङ्देन समूहमा खुलेका हुन् । राप्रपामा चार उपाध्यक्ष रहने व्यवस्था छ । पाण्डेलाई लिङ्देन समूहले उपाध्यक्षमा राखेको छ । उता थापा समूहले पनि उनलाई आफ्नो उपाध्यक्षमा राखेको थियो ।
पाण्डे राप्रपाका प्रभावशाली नेता मानिन्छन् । पाण्डे अन्तिम समयमा लिङ्देनको र्यालीमा सहभागी भएर थापासँग आफू नभएको सन्देश प्रवाह गरेका हुन् । मनोनयनको प्रारम्भिक नामावली आउन भने बाँकी छ । त्यसमा दाबी विरोध भई अन्तिम नामावली आएपछि पाण्डे कुन प्यानलबाट चुनाव लड्नेछन् भन्ने खुल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ मंसिर २०७८, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ: राजेन्द्र लिङ्देन
राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्याई हामी छुट्दैनौं : राजेन्द्र लिङ्देन
रवीन्द्र मिश्रलाई भेट्न पुगे राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन ( पूर्णपाठ)
राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन: राजेन्द्र लिङ्देन
सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन