मोरङ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले उद्योग स्थापना र चलायमान बनाउन प्रतिस्थापन विधेयक ल्याएको बताएका छन्। विराटनगरमा शुक्रबार मोरङ व्यापार संघको ६५ औं साधारण सभाका क्रममा मन्त्री शर्माले सरकारले दुई दिनभित्र विधेयक ल्याउन निर्देशन दिएसँगै उद्योग क्षेत्रको हितका लागि विधेयक आएको बताए।
उनले भने, ‘हामीले केही गरेका छैनौँ। कुनै बजेट, नीति, फेरेका छैनौँ।’ यसले मुलुकमा उद्योग कसरी स्थापना गरी सञ्चालन गर्न सकिन्छ भन्ने उद्देश्यले गरेका हौँ। जसको नतिजा १ वर्षभित्र देखिनेछ।’ मुलुकको समग्र विकासका लागि भएको थोरै संयन्त्र कर्मचारी तन्त्रमा रहेर काम गरे सम्भव नहुने उनले औँल्याएका छन्। उनले भने, ‘तीव्र विकासका लागि अहिले भएको थोरै जनशक्ति कर्मचारीतन्त्रबाट ढिला मात्र हुन्छ। यसमै मात्र भर परेर काम गरे त्यो ढिला हुन्छ। जसकारण यहाँ जनतालाई जोड्न आवश्यक छ। हाम्रो विकास सामुदायमा आधारित छ ।’
समग्र तीव्र विकासका लागि जनतासँगको सामूहिकतासँगै विज्ञान प्रविधिलाई जोडेर भएका स्रोत–साधन परिचालन गर्न सके मात्र सम्भव हुनेमा मन्त्री शर्माले जोड दिए।
उद्योगसँगै पर्यटन क्षेत्रलाई अघि बढाउन निजी क्षेत्रले पूर्वाधार निर्माणमा जोड दिनुपर्ने मन्त्री शर्माको भनाइ छ। सातै प्रदेशमा समान एउटा पर्यटन केन्द्र बनाउने योजनाअन्तर्गत उनले भने, ‘उदयपुरदेखि उत्तरतर्फ क्षेत्रलाई पयर्टन केन्द्र बनाउन सरकारको योजना छ। सो क्षेत्रमा निजी क्षेत्रले होटल बनाउन, विकास गर्न सरकार उपलब्ध गराउन सक्छ। सो क्षेत्रमा सडक र विद्युत्का लागि सरकारले काम गरिरहेको छ।’
मन्त्री शर्माले भने, ‘सो क्षेत्रबाट देखिने सगरमाथासँग सेल्फी खिच्न हजारौं संख्यामा सर्वसाधारण पुग्नेछन्। जहाँ धार्मिकस्थल हलेसी मन्दिर र हिमालय क्षेत्रको रमणीय दृश्य देखिन्छ। तीन तहको सरकारले निजी क्षेत्रलाई पूर्वाधार बनाउन सहयोग गर्नेछ।’ कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले राज्यले अवलम्बन गरेको तीनखम्बे अर्थ नीतिले विकासलाई द्रुतता दिने बताए। मुख्यमन्त्री राईले रोजगार, श्रम र पुँजी सिर्जना गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री राईले दलाल–पुँजीलाई निरुत्साहित गर्नुपर्ने बताए।
उद्योग कलकारखाना बन्द हुन नदिन लगानीको वातावरण बनाउन प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री राईले बताए। मुलुककै जेठो व्यापारिक संस्थाका रूपमा रहेको यस संघले नयाँ नेतृत्वका लागि बाटो खुला गरेको संघका अध्यक्ष प्रकाश मुन्दडाले जानकारी दिए। साधारणसभाले निर्वाचन समिति बनाएर एक महिनाभित्र निर्वाचनका लागि मिति तय गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ मंसिर २०७८, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको मुख्यमन्त्री माओवादीले नै लिनुपर्छ : जनार्दन शर्मा
संस्थागत हितको पक्षमा पार्टीमा विषय उठान गरेको हुँ : जनार्दन शर्मा
कर्णालीको विकास गरेमात्रै देशको विकास सम्भव : जनार्दन शर्मा
विद्युत् लाइन काट्ने निर्णयबारे बहस चल्नु दुर्भाग्य : जनार्दन शर्मा
एनसेलले लुटको खेती गरिरहेको छ : जनार्दन शर्मा
सानीभेरी किनारामा ओलीलाई जनार्दन शर्माको स्वागत