चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास गाउँपालिका घर भएकी अन्दाजी ५५ वर्षीया चन्द्रकुमारी सार्कीको घटनास्थलमानै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०३–००१ प ४२४९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ख ६७२७ नम्बरको टिपरले आज दिउँसो ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक विकास नेपाली सामान्य घाइते भएका छन । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १७ मंसिर २०७८, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते