सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएपछि प्रदेशसभाको बैठक अन्त्य गरिएको छ । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको हो ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा आह्वान गरिएको हिउँदे अधिवेशन १५ मंसिर मध्यराति १२ बजेबाट अन्त्य गरिएको छ । मुख्यमन्त्री शाहीले १४ गते संसदमा विश्वासको मत मागेका थिए । उनले १५ गते विश्वासको मत लिएका थिए । हिउँदे अधिवेशनका दुईवटा अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) सहभागी भएन ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ मंसिर २०७८, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह