सर्वोच्चमा देखिएको समस्या समाधानका लागि उपाय खोज्छु : सभामुख सापकोटा

सफल खबर संवाददाता

विहीबार, १६ मंसिर २०७८, ११ : १७
सर्वोच्चमा देखिएको समस्या समाधानका लागि उपाय खोज्छु : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन । स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन ।

स्पेनमा रहँदा पनि राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकारी राखेको बताउँदै उनले अब समस्या समाधानको उपाय खोज्ने बताए ।सर्वोच्च र संसदको गतिरोधबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो,  ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकें, अब सोच्छु । सर्वदलीय बैठक, अरु बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु ।’

अन्तर व्यवस्थापिका संघ ९आईपीयू०को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए। सम्मेलनलाई सभामुख सापकोटाले १२ गते सम्बोधन गरे ।

नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई थिए ।

सोही प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा.भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन के।सी। र कम्प्युटर अधिकृत सुरेशराज सेढाईं पनि थिए ।

प्रतिक्रिया दिनुहोस