अभिनेत्री रेखा थापा लिङ्देनको प्यानलबाट राप्रपाको महामन्त्रीमा उठ्ने

सफल खबर संवाददाता

बुधबार, १५ मंसिर २०७८, १९ : २८
अभिनेत्री रेखा थापा लिङ्देनको प्यानलबाट राप्रपाको महामन्त्रीमा उठ्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा अभिनेत्री रेखा थापाले उम्मेदवारी दिने भएकी छन् । बुधबारदेखि सुरु काठमाडौंमा सुरु भएको एकता महाधिवेशनसँगै उम्मेदवारी घोषणाको क्रम सुरु भएको छ ।

यहीक्रममा अभिनेत्री समेत रहेकी थापाले महामन्त्रीमा दिने उनी निकट एक नेताले पुष्टि गरे । राप्रपामा ६ जना महामन्त्री रहने विधानमा प्रस्ताव गरिएको छ । तीमध्ये १ महिलासहित ३ जना अनिवार्य निर्वाचित हुने पर्ने व्यवस्था छ । थापाले अध्यक्ष उम्मेद्वार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी दिन लागेकी हुन् । यस्तै, यही पदमा अध्यक्षका अर्का प्रत्यासी कमल थापाको प्यानलबाट कुन्ति शाहीले उम्मेद्वारी दिने घोषणा गरिसकेकी छन् ।