नेपाललाई सिक्किम हुनबाट राजा महेन्द्रले जोगाए : सिपी मैनाली

सफल खबर संवाददाता

बुधबार, १५ मंसिर २०७८, १९ : ०४
नेपाललाई सिक्किम हुनबाट राजा महेन्द्रले जोगाए : सिपी मैनाली

काठमाडौँ । नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी भन्दै प्रशंसा गरेका छन्।  तर २०६३ सालको राजनीतिक परिवर्तनका निर्णायक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको पनि उनले बताए। 

‘प्रचण्डका कारण बाह्य हस्तक्षेप बढ्यो। राजा महेन्द्रले नेपाललाई सिक्किमीकरण हुनबाट जोगाए’ उनले भने, ‘२००७ सालदेखि अहिलेसम्म चारवटा राजनीतिक परिवर्तन बेहोर्यौँ। यसले नेपालमा झन् विदेशी हस्तक्षेप बढेको छ।’ मैनालीले  २००७ सालको दिल्ली सम्झौताबाट आएका अवाञ्छित भारतीय हस्तक्षेपलाई महेन्द्रले अस्वीकार गरेको पनि बताए। 

‘राजा महेन्द्रले त्यसबेला दिल्ली सम्झौताबाट आएका अवाञ्छित हस्तक्षेपलाई खारेज गरिदिएका थिए। विधानसभाको चुनाव गरेर नेपालमा संविधान ल्याउने कुरा थियो’ उनले भने, ‘तर त्यसलाई दलका नेताले बुझेनन्, महेन्द्रले मात्रै बुझे। विधान सभालाई उनले तुहाएर नेपाललाई जोगाए।’

मैनालीले सिंगो नेपाललाई भारतमा गाभिएको सिक्किम जस्तो हुनबाट महेन्द्रले जोगाएको पनि बताएका छन्। ‘सिंगो नेपाल भारतमा गाभिएको सिक्किम जस्तो हुनबाट रोक्नका लागि, भुटान जस्तो हुन नदिन पृथ्वीनारायणपछि कदम चाल्ने राजा महेन्द्र हुन्’ उनले भने, ‘नौ दश सालमै विधान सभा आएको भए नेपाल भारतमा गइसक्थ्यो। जवाहरलाल नेहरुले राखेको उक्त कुरा राजा महेन्द्रले तुहाएर देश बचाए।’
 

प्रतिक्रिया दिनुहोस