काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो ।
आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण भएको छ ।अध्यक्षत्रयमध्ये प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् भने पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन् ।
शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन अहिलेसम्म नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुको सहभागी भएका छन् । महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुने बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ मंसिर २०७८, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने