काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो ।
आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण भएको छ ।अध्यक्षत्रयमध्ये प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् भने पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन् ।
शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन अहिलेसम्म नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुको सहभागी भएका छन् । महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुने बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ मंसिर २०७८, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने