हिमालयन बैंकको नयाँ शाखा कैलालीको टीकापुरमा

सफल खबर संवाददाता

बुधबार, १५ मंसिर २०७८, ११ : ३३
हिमालयन बैंकको नयाँ शाखा कैलालीको टीकापुरमा

काठमाडौं । हिमालयन बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको टीकापुरमा मंगलबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट  ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ । 

टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोवार सुरु गरेको छ । बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सूदुर पश्चिम प्रदेशको सातौं शाखा हो । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देब अग्रवालले वताए ।

यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने ATM संख्या १४६ र ५००० भन्दा बढी POS Terminals संख्या पुगेको छ ।