काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज समान्य गिरावट आएको छ ।
आइतबार र सोमबार पहिरो गएको सेयर बजार मंगलबार १ अंकले घटेर २६ सय ३८ विन्दुमा पुगेको छ । यस दिन ठूला कम्पनीहरुको मापन सेन्सेटिभ इडेक्स शून्य दशमलव १८ अंकले बढेर ४ सय ९५ पुगेको छ ।
यस दिन कारोबार रकममा पनि कमी आएको छ । सोमबार ४ अर्बको कारोबार भएको सेयर बजारमा मंगलबार ३ अर्बमा खुम्चिएको छ ।निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ९६ अंकले उकालो लाग्दा विकास बैंक समूह ४० र अन्य समूह १४ अंकले बढेको छ ।
यस्तै, जीवन बीमा समूह ६९ अंकले घट्दा व्यापार समूह २२ अंकले ऋणात्मक रह्यो ।मंगलबार साम्लिङ पावर कम्पनी र न्यादी हाइड्रोपावरका कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ मंसिर २०७८, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २५४० अंकमा झर्यो
सामान्य अंकले बढ्यो नेप्से परिसूचक
२५४४ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार
घट्यो सेयर बजार
३० अंकले घट्यो सेयर बजार