टोकियो । कोभिड-१९ को नयाँ फेला परेको‘ओम्रिक्रोन’ भेरिएन्टका कारण जापानले विदेशीहरूलाइ प्रवेशमा रोक लगाएको छ । उक्त भेरियन्ट विश्वभर फैलन थालेसँगै जापानले भोलि मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
जापानका प्रधामन्त्री फुमियो किसिदाले उक्त भेरियन्टबारे थप जानकारी प्राप्त नभएसम्म प्रतिबन्धको घोषणा गरेका हुन् । उनले भनेका छन् ‘यसका कारण खराब अवस्था आउन नदिन हामीले आपतकालीन निर्णय गरेका छौं ।’
लामो समय कोरोना भाइरसकै कारण विदेशीमाथि कडाइ गरेको जापानले एक महिना पहिले मात्रै विद्यार्थी, कामदार र पर्यटकका लागि भिसा खुला गर्ने निर्णय गरेको थियो । तर नयाँ भेरिएन्ट फैलन थालेपछि पुनः जापानले उडानमाथि कडाइ गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १३ मंसिर २०७८, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन