विराटनगर । १४औं महाधिवेशनअन्तर्गत आइतबार भएको नेपाली कांग्रेस मोरङको सभापति पदको पुन:निर्वाचन हुने भएको छ। जिल्ला सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएकाले पुन: निर्वाचन हुने भएको हो।
३ हजार ५ सय ८५ जना मतदाता रहेको मोरङ जिल्ला अधिवेशनमा ३ हजार ४१४ जनाले मतदान गरेका थिए। सभापति पदमा ३ हजार ३६० मत खसेको थियो। जसमा सभापतिमा उम्मेदवार डिग बहादुर लिम्बूले १ हजार ५४४, दिलिप गच्छदारले १ हजार १६६ र यदुकुमार बिष्टले ५६३ मत प्राप्त गरेका छन्।
सभापतिमा उम्मेदवारी दिएका मध्ये लिम्बु र विष्ट संस्थापन इतर पक्षका हुन भने गच्छदार संस्थापन पक्षका हुन्। पुन निर्वाचित कहिले हुने भन्ने तय नभएको निर्बाचन समितिलागि जनाएको छ । बाकी पदको मत गणना जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक