चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं महाधिवेशन अन्तर्गत आयोजित बन्दसत्रमा सहभागी हुने क्रममा हलभित्र प्रवेश गरेका छन् । पार्क सफारी रिसोर्टबाट बन्दसत्र स्थलतर्फ प्रवेश गर्ने क्रममा ओलीका समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका छन् ।
ओलीका समर्थकहरुले ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ नारा लगाएका छन् । आइतबार दिनभरको प्रयासपछि ओली अन्ततः सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने निष्कर्षका साथ केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बोकेर बन्दसत्र आयोजना गरिएको हलभित्र प्रवेश गरेका हुन् ।
उनले दिनभर पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेर नयाँ नेतृत्वका लागि सूची तयार पारेका हुन् । बन्दसत्रमा सोही सूची पेस गर्ने जनाइएको छ । बन्दसत्रले अनुमोदन गरेपछि दशौं महाधिवेशनबाट निर्वाचित कमिटीको घोषणा गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, २२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’
ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
ओलीले किन अघि सारे जेनजीसहितको सर्वपक्षीय सरकारको प्रस्ताव ?
ओली, लेखक, गृहसचिवसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध सर्वोच्चमा रिट दर्ता
‘काम नलाग्ने चिज मात्रै छोडेर बालकोटमा आगजनी गरिएको छ’ : ओली