चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं महाधिवेशन अन्तर्गत आयोजित बन्दसत्रमा सहभागी हुने क्रममा हलभित्र प्रवेश गरेका छन् । पार्क सफारी रिसोर्टबाट बन्दसत्र स्थलतर्फ प्रवेश गर्ने क्रममा ओलीका समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका छन् ।
ओलीका समर्थकहरुले ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ नारा लगाएका छन् । आइतबार दिनभरको प्रयासपछि ओली अन्ततः सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने निष्कर्षका साथ केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बोकेर बन्दसत्र आयोजना गरिएको हलभित्र प्रवेश गरेका हुन् ।
उनले दिनभर पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेर नयाँ नेतृत्वका लागि सूची तयार पारेका हुन् । बन्दसत्रमा सोही सूची पेस गर्ने जनाइएको छ । बन्दसत्रले अनुमोदन गरेपछि दशौं महाधिवेशनबाट निर्वाचित कमिटीको घोषणा गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, २२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने