एमाले महाधिवेशन

बन्द सत्र साँझ ७ बजेदेखि सुरु हुन्छ : बाँस्कोटा

सफल खबर संवाददाता

आइतबार, १२ मंसिर २०७८, १६ : ४२
बन्द सत्र साँझ ७ बजेदेखि सुरु हुन्छ : बाँस्कोटा

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको हिजो स्थगित बन्दसत्र अहिले साँझ ७ बजेबाट सुरु हुने नेता गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

अध्यक्ष ओलीलाई भेटेर फर्कने बेला सञ्चारकर्मीसँग कुरा गर्दै बास्कोटाले भने– आजको बन्दसत्र साथीहरुले खाना खाइसकेपछि साँझ ७ बजेदेखि सुरु हुन्छ, र सुरु हुनासाथ सकिन्छ ।

पदाधिकारीसँगै सदस्यहरुमा करिब सहमति भइसकेको भन्दै उनले आफूले दाबी गरेको सचिव पद छाडेको संकेत गरे ।  यसअघि नेता विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले पनि सबै पदमा करिब सहमति भइसकेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस