चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्व चयनका लागि अन्तिम छलफलमा लागेका छन् । उनले आफू निकट नेताहरू प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु पौडेललगायतसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा नेतृत्वको सूची टुंग्याएर बन्द सत्रमा पेस गर्ने तयारी भएको छ । छलफल सकिएसँगै केही बेरमा अध्यक्ष ओली पार्क सफारीबाट बन्दसत्र हल रहेको सेभेन स्टार होटेलमा जाँदैछन् । महासचिव पोखरेल र दलका उपनेता सुवास नेम्वाङ भने बन्दसत्र स्थल पुगिसकेका छन् ।
प्रस्तावित सूचीमा ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष नै दाबी गर्दै आएका नेम्वाङलाई उपाध्यक्ष, महासचिवमा विष्णु पौडेल र महासचिव दाबी गरेका शंकर पोखरेललाई उपाध्यक्ष, उपमहासचिवमा प्रदीप ज्ञवालीको टुंगो लागिसकेको छ ।
नेताहरूका अनुसार केन्द्रीय कमिटीमा हाल रहेका एक सय ९६ जनालाई दोहोर्याउने र एक सय पाँच जना नयाँ ल्याउने गरी गृृहकार्य चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन :अब बुधबार बिहान् ८ बजेबाट मात्रै मतदान
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने