काठमाडौं । कांग्रेस नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनलाई महाधिवेशन नै नभएको बताएका छन्। महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा एमालेको ‘ओलीवेशन’ भइरहेको उनले बताए।
काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार सबुज कृष्ण बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै नेता थापाले भने, ‘त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन्। त्यहाँ सबै बा१ बा१ मात्रै भन्छन्। नारायणी किनारमा अधिवेशन भइरहेको छैन, कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ।
यसका साथै उनले कांग्रेसका कार्यकर्ताहरूलाई अधिवेशनलाई लिएर अलमलमा नपर्न आग्रह गरेका छन्। उनले एमालेले गरेको भेलालाई देखेर आफ्नो टोलका केही बुढापाकाले कांग्रेसमा भने विवाद रहेको भन्दै चिन्ता व्यक्त गरेको बताए।
‘हिजो मेरो टोलका अभिभावकहरूले सोध्नुभयो। एमालेले यत्रो ७७ जिल्लाको अधिवेशन सक्यो, थाहै भएन। आज नारायणी किनारमा कति ठूलो सभा भयो। अधिवेशन त यस्तो पो हुनुपर्छ। तिमीहरूको हेर्यो, उता भिडेको छ, यता बाझेको छ, जताततै लफडै–लफडा छ भन्दै मलाई सुनाए,’ थापाले भने। उनले ती त्यस्तो भन्ने व्यक्तिलाई एमाले ओलीवेशन गरेको र आफूहरूको अधिवेशन हुने बताएको उल्लेख गरे।
हामीहरूबीचमा अलिकति फरक छ। हाम्रो अधिवेशन हो, त्यो ओलीवेशन हो। अधिवेशन र ओलीवेशनमा फरक छ। हाम्रो पार्टीको अधिवेशनमा कार्यकर्ताहरू सहभागी हुन्छन्। हरेक कार्यकर्ता आफैंमा एउटा स्वतन्त्र व्यक्ति हुन्। हरेक स्वतन्त्र व्यक्तिको आफ्नो मत छ, जहाँ मत हुन्छ, त्यहाँ मतभेद हुन्छ, त्यहाँ मतान्तर हुनसक्छ। तर, ओलीवेशनमा त्यहाँ कोही पनि स्वतन्त्र कार्यकर्ता छैन,’ नेता थापाले भने।
नेता थापाले कांग्रेसको जिल्ला अधिवेशनबारे ठाउँ–ठाउँका समाचार आउँदै गर्दा नआत्तिन आग्रह गरेका छन्। उनले पार्टी भित्रको मदभेद र मतान्तरकाबीचबाट राम्रो नेतृत्व आउने बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ मंसिर २०७८, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा
सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा
‘प्रचण्ड’-गगन थापाबीच भेटवार्ता
‘पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी वहन गर्छु’ : गगन थापा