काठमाडौं । नेकपा माओवादी केन्द्रको सात सय ५३ पालिका सम्मेलन शनिबार एकसाथ हुँदैछ । सम्मेलनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल सम्बोधन गरेका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई क्रान्तिकारी स्पिरिटमा पुनः उठाउने बताएका छन् । उनले नेकपा विघटन हुनुको मुख्य कारण तत्कालीन अध्यक्ष केपी ओली रहेको आरोप लगाए । उनले ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट किन हटाउनु पर्यो भन्ने सम्बन्धमा कार्यकर्तालाई स्पष्ट पारेका थिए । माक्र्सवाद र कम्युनिस्ट विचारमा जताततै पराजित भएपछि ओलीले नेकपा विघटन गर्न लगाएको बताए ।
प्रतिनिधिसभालाई दुई दुईपटक विघटन गरेर संविधान नै खारेज गर्ने षड्यन्त्रमा ओली फसेको प्रचण्डले दाबी गरे । उनले ओली देशी विदेशी षड्यन्त्रमा फसेको र प्रतिगमनमा लागेको बताए ।
प्रतिनिधिसभा विघटन माओवादी आन्दोलनमाथिको हमला भएको पनि प्रचण्डले दाबी गरे । माओवादी आन्दोलनलाई घेराबन्दीमा पार्न ओली प्रवृत्ति अघि बढेकोमा त्यसलाई पराजित गरी आफूहरू विजयी भएको प्रचण्डले बताए ।
पहिलोचोटिको प्रतिनिधिसभा विघटनविरुद्ध सडकबाट प्रतिवाद गरेको र दोस्रोपटकको प्रतिनिधिसभा विघटनविरुद्ध गठबन्धन बनाएर संसदबाटै प्रतिवाद गरी सर्वोच्च अदालतमा जानु परेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ मंसिर २०७८, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन’: प्रचण्ड
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दै छ: प्रचण्ड
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
माओवादी-समाजवादीसहित आठ दलले गरे एकताको सहमति,१८ बुँदे सहमतिपत्रमा के छ ?
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”