सौराहा । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् । महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताए । ‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’, उनले भने, ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।
पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने बताए ।
रावल भने अहिले बन्दसत्र हलमा प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् । अध्यक्ष केपी ओली भने आफू बसेको रिसोर्टमा निकटका नेताहरूसँग छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ मंसिर २०७८, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई