चितवन । राप्रपा अध्यक्ष कमल थापाले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले जनतालाई दिएको आश्वासनअनुसार काम गर्न नसकेको बताएका छन् ।
चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले जनतालाई दिएको आश्वासन पूरा गर्न नसके पनि देश र जनताका लागि दुईवटा महत्वपूर्ण कार्य गरेको भन्दै ओलीकाे तारिफ गरे । तराई मधेसमा देखिएको पृथकतावादी आन्दोलन र सशस्त्र संघर्षको बाटोमा रहेका विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण बाटोमा ल्याउने ओलीको कार्य प्रसशंसायोग्य रहेको अध्यक्ष थापाको भनाइ छ ।
साथै कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई समेटेर नक्सा जारी गरेको र सो नक्सालाई संविधानको अंगमा समावेशन गर्ने कार्यबाहेक ओलीले आफ्नो शासनकालमा राम्रो काम गर्न नसकेको थापाले बताए । उनले एमाले महाधिवेशनको सफलताको शुभकामना पनि दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० मंसिर २०७८, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति