वायू प्रदुषणको असर

दिल्ली सरकारले दियो मजदुरहरुलाई ५ हजार राहत

एजेन्सी

शुक्रबार, १० मंसिर २०७८, ०८ : ३८
दिल्ली सरकारले दियो मजदुरहरुलाई ५ हजार राहत

एजेन्सी । भारतको दिल्ली सरकारले काम गर्न रोक लगाइएका निर्माण मजदुरहरूलाई पाँच हजार रूपैयाँ राहत दिने भएको छ।

वायु प्रदूषण न्यूनीकरणका लागि सरकारले निर्माण कार्य रोक्न निर्देशन दिएपछि पीडित भएका मजदुरहरुलाई पाँच हजार रुपैयाँ दिने निर्णय भएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए।

‘सरकारले निर्माण कार्य रोक्न अनुरोध गरेपछि निर्माण कार्य गर्नबाट बञ्चित भएका मजदुरहरुलाई पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ’, उनले भने।

काम विमुख भएका मजदुरहरुलाई उनीहरुकै खातामा पैसा पठाइने व्यवस्था भएको पनि उनले जानकारी दिए। सरकारका कारण कामबाट बञ्चित हुनु परेकोले सामान्य राहत तथा क्षतिपूर्तिस्वरूप उनीहरूलाई रकम दिने निर्णय भएको उनको भनाइ छ।
 

प्रतिक्रिया दिनुहोस