काठमाडौं क्षेत्र नं ३ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी निर्वाचित

सफल खबर संवाददाता

विहीबार, ०९ मंसिर २०७८, २१ : ४२
काठमाडौं क्षेत्र नं ३ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी निर्वाचित

काठमाडौँ । काठमाडौं क्षेत्र नं ३ बाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी निर्वाचित भएका छन् । सर्वाधिक मतका पाएर उनले महाधिवेशन प्रतिनिधि जितेका हुन् ।

३ सय ६६ मतदाता रहेको उक्त क्षेत्रमा भण्डारीले २६८ मत पाएका थिए । विद्यार्थीकाल देखिनै राजनीतिमा लागेका भण्डारी आफ्नो जन्मथान जोरपाटी क्षेत्रमा कांग्रेस राजनीतिमा सकृय हुदैं आएका थिए । भण्डारी नेपाल र अमेरिकामा व्यापार व्यवसायमा संलग्न छन् ।

भण्डारी यस अघि पनि महासमिति सदश्य निर्वाचित भएका थिए । उनले यस अघि कांग्रस महाधिवेशनमा केन्द्रिय सदश्यमा उम्मेदवारी दिएका थिए । भण्डारीले आगामी  कांग्रेस महाधिवेशनमा पनि केन्द्रिय सदश्यका लागि उम्मदेवारी दिने तयारी गरेका  छन् ।

प्रतिक्रिया दिनुहोस