काठमाडौं । सेयर बजार परिसुचक यो साताको अन्तिम दिन ३.२२ अंकले घटेर ३७३१.७८ अंकमा कारोबार बन्द भएको छ । २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता खरिदविक्रीबाट ३ अर्ब ८९ करोड रुपैयाँ सेयर कारोबार भएको छ ।
सेन्सेटिभ परिसुचक भने ०.४५ अंकले बढेर ५१५.६४ बिन्दुमा पुगेको छ । बैंकिङ समूह, होटल तथा पर्यटन समूह र अन्य समूहको बाहेक अन्य सबै समूहको कारोबार घटेको छ ।
सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सुचाङ्क करिब १५७ अंकले घटेको छ । यसैगरी विकास बैंक समूहको ७१ अंक, लघुवित्त वित्तीय संस्थाको ५१ अंक, व्यपार समूहको ४३.१६ अंक, उत्पादन तथा प्रोसोधन समूहको करिब ३२ अंकले सेयर कारोबार घटेको छ ।
सम्वृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले आज सबैभन्दा धेरै ९.२७ अंकले बढेको छ । २६ करोड ५७ लाख रुपैयाँ बारबरको सेयर कारोबार गर्दै नेपाल दुरसञ्चार कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ मंसिर २०७८, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार