काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक आज दिउँसो बस्दैछ। फुलकोर्टको बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्नेबारे औपचारिक निर्णय गर्नेछ।
गएको सोमबार गोलाप्रथा लागू गर्ने गरी संशोधन भएको सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भएसँगै १५ गतेदेखि लागू गर्ने तयारी न्यायाधीशहरुले अघि बढाएका हुन्।
बुधबार न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको सक्रियतामा भएको न्यायाधीशहरुको अनौपचारिक छलफलले बिहीबार फुलकोर्ट बैठक बसेर गोलाप्रथा लागू हुने मिति तय गर्ने सहमति भएको थियो।
न्यायाधीशहरुले गोलाप्रथामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सहभागी नहुने प्रतिबद्धता खोजेका छन्। बिहीबार दिउँसो बस्ने फुलकोर्ट बैठकबाट सो प्रतिबद्धता राणाबाट औपचारिक रुपमा गराउने पक्षमा न्यायाधीशहरु छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ मंसिर २०७८, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी
आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस