काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक आज दिउँसो बस्दैछ। फुलकोर्टको बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्नेबारे औपचारिक निर्णय गर्नेछ।
गएको सोमबार गोलाप्रथा लागू गर्ने गरी संशोधन भएको सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भएसँगै १५ गतेदेखि लागू गर्ने तयारी न्यायाधीशहरुले अघि बढाएका हुन्।
बुधबार न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको सक्रियतामा भएको न्यायाधीशहरुको अनौपचारिक छलफलले बिहीबार फुलकोर्ट बैठक बसेर गोलाप्रथा लागू हुने मिति तय गर्ने सहमति भएको थियो।
न्यायाधीशहरुले गोलाप्रथामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सहभागी नहुने प्रतिबद्धता खोजेका छन्। बिहीबार दिउँसो बस्ने फुलकोर्ट बैठकबाट सो प्रतिबद्धता राणाबाट औपचारिक रुपमा गराउने पक्षमा न्यायाधीशहरु छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ मंसिर २०७८, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार