घाँटी रेटेर वृद्धको हत्या

पत्रपत्रिकाबाट

विहीबार, ०९ मंसिर २०७८, ०८ : ०२
घाँटी रेटेर वृद्धको हत्या

राजविराज । सप्तरीमा ८० वर्षीय जेष्ठ नागरिकको बुधबार हत्या भएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८० वर्षीय मिश्रिलाल मण्डलको अपरिचित व्यक्तिले हत्या गरेको स्थानीय कृष्णा मण्डलले जानकारी दिए। 

CG Developers Tansen Cement box

खुदीबखारीस्थित झौखराही फूलबारीमा घाँटी काटिएको अवस्थामा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले समेत पुष्टि गरेको छ। छिन्नमस्ता सडक खण्डको झौखराही फुलबारीमा शव रहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्ले नेतृत्वको टोली घटनास्थल पुगेको छ।
    
ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा परिचालन भएको छ। शव भेटिएको घटनास्थल, पीडित परिवार, सरोकारवाला निकायलगायतसँग भेट गरेर प्रहरीले आवश्यक अध्ययन सुरु गरेको छ। 

अपराध अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोनाका इन्स्पेक्टरलाई समेत बोलाइएको डिएसपी काफ्लेले बताए। हत्याप्रकरणको सूक्ष्म अनुसन्धान हुने बताएका डिएसपी काफ्लेले आवश्यक परे प्राविधिकसहितको विज्ञ टोली मगाइने बताए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस