आर्थिक पुनरुत्थानका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार छ : अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, ०८ मंसिर २०७८, ११ : ३७
आर्थिक पुनरुत्थानका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । बुधबार आर्थिक पत्रकार संघ (नाफिज) द्धारा राजधानीमा आयोजित आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी तथा आर्थिक जर्नर अर्थचित्र विमोच कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । 

कोभिड १९ पछि खस्किएको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन तथा विकास निर्माणका गतिमा अघि बढ्न सरकारलाई निजी क्षेत्रको साथ चाहिने र त्यसका लागि सरकारले सोही क्षेत्रको साथ खोजेको बताए । 

‘मुलुकको अर्थतन्त्रको पुनरुत्थान तथा विकासका लागि सार्वजनिक निजी क्षेत्रको साझेदारी तथा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहँदै आएको छ । यसको वातावरण बन्नेमा म विश्वस्त छु’

अर्थमन्त्री शर्माले सोही अबसरमा भने, ‘निजी क्षेत्रको विकासका लागि पनि सरकारले सोचिरहेको छ । निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा, सहजिकरण गर्ने सन्दर्भमा सरकार सधै तयार छ । सहुलियत कहाँकहाँ दिन सकिन्छ त्यो सरकारले तयारी गरिरहेको छ । मैले त्यो गम्भिरतापूक लिएको छु ।’ विकास निर्माणका कार्यमा निजी क्षेत्रको सहभागिता सरकारले चाहेको भन्दै सो क्षेत्रमा समेत निजीलाई दिने तयारी सरकारको रहेको मन्त्री शर्माले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस