देशभरका अदालतमा आज पनि बारको विरोधसभा

सफल खबर संवाददाता

बुधबार, ०८ मंसिर २०७८, ११ : ००
देशभरका अदालतमा आज पनि बारको विरोधसभा

file Photo

काठमाडौं । नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बारले बुधबार देशभरका उच्च अदालतमा विरोधसभा गर्न लागेको हो । चौथौं चरणको आन्दोलन अन्तर्गत विरोधसभा गर्न बारेले सबै उच्च अदालतमा केन्द्रबाटै प्रतिनिधि पठाएको बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले बताए । 

उच्च अदालत पााटनमा बारका अध्यक्ष चण्डेश्र्वर श्रेष्ठ, कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र केन्द्रीय सदस्य प्रकाश महर्जनले नेतृत्व गर्दै छन् । उच्च अदालत जनकपुरमा महासचिव लीलामणि पौडेल तथा पूर्वउपाध्यक्ष विनोद शर्मा र सुरेन्द्रकुमार महतोले नेतृत्व गर्दै हुनुहुन्छ ।

महासचिव पौडेलका अनुसार इलाम उच्च अदालतको विरोधसभालाई बारका पूर्वउपाध्यक्षद्वय कुमार शर्मा आचार्य र मदन खड्का तथा केन्द्रीय सदस्य खिमानन्द अधिकारी, धनकुटा उच्च अदालतमा उपाध्यक्ष मानबहादुर रुम्दाली र पूर्वकोषाध्यक्ष मोहन इङ्नामले नेतृत्व गर्दै छन् ।

यसैगरी, विराटनगर उच्च बारमा पूर्वउपाध्यक्षद्वय टीकाराम भट्टराई र सीताराम राई, राजविराज उच्च अदालतमा उपाध्यक्ष रामचन्द्रसिंह राजपुत, केन्द्रीय सदस्य पञ्जननारायण मण्डल र पूर्वसभासद् एकराज भण्डारी तथा वीरगञ्जमा पूर्वअध्यक्ष हरिहर दाहाल, पूर्वउपाध्यक्ष विनय सिंह र केन्द्रीय सदस्य भीमसेन बन्जराले प्रतिनिधित्व गर्ने महासचिव पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस