जनकपुरधाम । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमाले त्याग्नुपरेको बताएका छन् ।
धनुषाको शहिदनगर नगरपालिकाको तिनकोरियामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘नेकपा एमाले विदेशको दलालीमा लाग्यो । त्यसैले घर त्यानुपरेको छ । र अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडी बढेका छौं ।’ उनले न्याय र सत्यको जीत हुने पनि बताए ।
उनले नेकपा एकिकृत समाजावदी जहिल्यै जनताको सुःख दुःखमा साथ दिने प्रतिवद्धता जनाए । कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सृजना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागिपरेको बताए । कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिन्ह कलम लिएर जनतामाझ आएको उनको भनाई थियो ।
उनले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिंचाई र मलखादको व्यवस्था गर्ने पनि बताए । उनले विरोधीले कान लिएर काग भाग्यो भनेपछि कागको पछाडी दौड्न नहुने कार्यकर्तालाई सुझाव दिए । हिम्मत र बुलंदीको साथ अगाडि बढेपछि जित हुने पनि बताए ।
‘५२ वर्षदेखि कम्यूनिष्टमा लागेका छौं’, उनले भने, ‘ठूला ठूला काम गरेका छौं । राजाको शासन उखेलेर फाल्यौं । भनेका थियौं– जो हमसे टकराएगा चुर चुर होजाएगा ।’ उनले आफूहरु प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ मंसिर २०७८, १८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव