५० लाख खर्चेर एमालेले बनाउँदै महाधिवेशन उद्घाटन मञ्च

पत्रपत्रिकाबाट

मंगलबार, ०७ मंसिर २०७८, ०७ : ३९
५० लाख खर्चेर एमालेले बनाउँदै महाधिवेशन उद्घाटन मञ्च

काठमाडौं । नेकपा एमालेको  दसौँ  राष्ट्रिय  महाधिवेशन उद्घाटन कार्यक्रमको मञ्च अत्याधुनिक निर्माण गरिँदैछ। मञ्च   निर्माणमा   मात्रै   ५० लाख  रुपियाँ  खर्च  हुने  भएको  छ। मञ्च  व्यवस्थापन  तथा  स्वयंसेवक परिचालन  समितिका  संयोजक  विनोद श्रेष्ठले भने, “हामीले यस पटक अहिलेसम्मकै आकर्षक मञ्च बनाउने तयारी गरेका छौँ।

CG Hills

स्थान मिलाउनेदेखि मञ्च  निर्माणसम्म  करिब  ५०  लाख रुपियाँ खर्च हुँदै छ।” १२० फिट लम्बाइ र ६० फिट चौडा भएको मञ्च निर्माण हुने उनले जानकारी  दिए ।   चारवटा  खण्ड रहने  मञ्चको  मुख्य  भागमा  स्थायी कमिटी सदस्य, स्वदेशी तथा विदेशी पाहुनाहरू  बस्नेछन्।  त्यसपछि  दायाँ र  बायाँ  भागमा  केन्द्रीय  सदस्यहरू बस्ने  र  मञ्चको  अगाडि  रहेको भागमा    कलाकारहरूले    प्रस्तुति दिने  छन्।

 कम्युनिस्ट  पार्टी  स्थापना भएको ७२ वर्ष भएकाले एकै पटक ७२ जना कलाकारको आर्केस्ट्रा (धुन दिने  उपकरण)बाट  राष्ट्रिय  गानको धुन बजाइने छ। मञ्च  निर्माणमा  अहिले  ५० जना  स्वयंसेवक  खटिएका  छन्। जमिनको   सतह   मुख्य   मञ्चबाट ४०  फिट  टाढा  सहभागीलाई  राखिने छ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस